images
images
  • नेप्से १४.८१ अंकले बढ्यो, घोराही सिमेन्टको पहिलो कारोबार दिनमै नेगेटिभ सर्किट

    काठमाडौं- । सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से १४.८१ अंकले बढेर २०८०.८६ बिन्दुमा पुगेको छ ।

    आज २७१ धितोपत्रको ९७ लाख १८ हजार ७५४ कित्ता सेयर ३ अर्ब एक करोड ९४ लाख ६० हजार ५१२ रुपैयाँमा किनबेच भएको छ ।

    आज सेन्सेटिभ इन्डेक्स पनि ०.९९ प्रतिशतले बढेर ३९८.०७ को बिन्दु कायम भएको छ ।

    आज थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० अंकले बढेर सकारात्मक सर्किट लागेको छ ।

    आज १३ वटा उपसमूहमध्ये नौ उपसमूहको समूहगत सूचक बढेको छ । चारवटा उपसमूहको समूहगत सूचक घटेको छ ।

    घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको सेयर मूल्य पहिलो कारोबार दिन नै नकारात्मक सर्किट लागेर बन्द भएको छ ।

    असार ३१ मा आईपीओ बाँडफाँट भएपछि बिहीबार लिस्टिङ भएर आजदेखि कारोबार सुरु भएको हो । कम्पनीको पहिलो कारोबार दिनमै ९.९९ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images