images
images
  • अब मन मिलाउने र पार्टी बनाउने कुरा गरौं : शंकर पोखरेल


    काठमाडौं । एमालेलाई पूर्ववत अवस्थामा फर्काउने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणापछि नेकपा एमालेका नेता शंकर पोखरेलले अब मन मिलाउने र पार्टी बनाउने कुरा गर्न आग्रह गरेका छन् ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले त्यसका लागि नेतृत्वकै पहलको खाँचो औंल्याएका छन् ।

    ओलीनिकट नेता पोखरेलले सामाजिक संजालमा लेखेका छन् – ‘जेठ २ मा फर्किने कुरा भो । अब मन मिलाउने र पार्टी बनाउने कुरा गरौं । जनता पार्टीको साथमै छन् । समस्या नेतृत्वबीच हो । पहल गरौं ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images