काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि ललितपुरको भनिमण्डलमा सुरु हुँदैछ ।
बैठकका एजेन्डा तय गर्न सचिवालय बैठक बसिरहेको छ ।
गत पुसमा सम्पन्न ११औँ महाधिवेशनले पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरे पनि अहिलेसम्म पोलिटब्युरो र स्थायी कमिटी गठन हुन सकेको छैन ।
एमालेको वैधानिक व्यवस्थाअनुसार केन्द्रीय कमिटीको एकतिहाइ अर्थात् १०० सदस्यीय पोलिटब्युरो र त्यसको एकतिहाइ अर्थात् ३३ सदस्यीय स्थायी कमिटी गठन हुने व्यवस्था छ ।
आजदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकबाटै दुवै संरचना गठन गर्ने तयारी रहेको एमाले नेताहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















