images
images
  • यी हुन् बुढो पार्टीका तरुणा–तन्नेरी प्रतिनिधिहरू

    काठमाडौं– नेपाली कांग्रेसको वडा अधिवेशनबाट जेनजी उमेर समूहका युवाहरु क्षेत्रीय प्रतिनिधिमा छनोट भएका छन् ।

    असोज ३ र ४ गते सम्पन्न अधिवेशनबाट विभिन्न पेसामा आबद्ध युवाहरु प्रतिनिधि बनेका हुन् ।

    प्युठानको नौबहिनी गाउँपालिका–४ को वडा सभापतिमा जेनजी उमेर समूहका मिलन घर्तीमगर निर्वाचित भएका छन् ।

    कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ बाट २२ वर्षीय इन्जिनियर राजेन्द्र जैसी क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।

    उनी जेनजी आन्दोलनमा समेत सक्रिय थिए ।

    सोही वडाबाट १८ वर्षीया नर्स सुनिता सुवेदी पनि क्षेत्रीय प्रतिनिधि बनेकी छन् ।

    नवलपुरको बुलिङटार–२ बाट १८ वर्षीया मोडेल बोलिना गरञ्जामगर र अछामको ढकारी–२ बाट २३ वर्षीया कल्पना रिमाल क्षेत्रीय प्रतिनिधिमा छनोट भएका छन् ।

    निर्वाचन समितिका अनुसार हालसम्म ४३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको छ ।

    बाँकी वडामा अधिवेशन जारी छ ।

    कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images