काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा प्रस्तुत नगर्ने अडान लिएका छन् ।
केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा ओलीले कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटीमा लैजान आवश्यक नरहेको बताएका हुन् ।
उनले पार्टीको राजनीतिक प्रतिवेदन नै केन्द्रीय कमिटीमा छलफलका लागि पर्याप्त हुने धारणा राखेका छन् ।
बैठकमा ओलीले ‘राजनीतिक प्रतिवेदन प्रकाशन हुँदैछ, केन्द्रीय कमिटी बैठकमा पाइन्छ’ भन्दै कार्यदलको प्रतिवेदन छुट्टै प्रस्तुत गर्न आवश्यक नरहेको बताएका थिए ।
अब केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्तावमाथि छलफल हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















