images
images
  • कागेश्वरी मनहराको सिद्धि गणेश माविका प्रअ र समिति अध्यक्ष घुससहित पक्राउ

    काठमाडौं- शिक्षक छनोट प्रक्रियामा सेवाग्राहीसँग घुस लिँदै गर्दा एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले नियन्त्रणमा लिएको छ ।

    कागेश्वरी मनहरा १ गागलफेदीस्थित सिद्धिगणेश माविका प्रधानाध्यापक बुद्धिविलास रिजाल र व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापाले सेवाग्राहीसँग १६ हजार घुस लिँदै गर्दा गागलफेदी बसपार्कबाट उनीहरूलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images