images
images
  • सडक व्यापारीहरूसँग अभद्र व्यवहार गर्ने ७ नगर प्रहरी हटाइए, ५ जना निलम्बनमा

    काठमाडौं- काठमाडौं महानगरपालिकाले सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ ।

    महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार विभिन्न समयमा सडक व्यापारीसँग अभद्र व्यवहार गर्ने ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको छ भने स्थायी सेवामा रहेका ५ जनालाई निलम्बन गरिएको छ ।

    उनले अमानवीय व्यवहार देखिएपछि हामीले यसअघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेकोसमेत बताएका छन् ।

    यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरणसम्बन्धी तालिम दिन थालिएको पाण्डेको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images