images
images
  • अग्नि खरेलको प्रश्न: यो संवैधानिक इजलास गठनको आधार क हो ?


    काठमाडौं । पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटविरुद्धको रिटमाथि सुनुवाइका लागि संवैधानिक इजलास के आधारमा गठन गरियो भन्दै प्रश्न गरेका छन् ।

    ‘यो इजलास गठनको आधार के हो ? इजलास गठन गर्ने पुरानो ट्रेन्ड गलत थियो ? अहिले नयाँ ट्रेन्ड बनाइएको हो ?,’ उनको प्रश्न थियो । यसअघि महान्यायाधिवक्ता रमेश बडाल र अधिवक्ता सुशील पन्तले पनि इजलास गठनबारे प्रश्न गरेका थिए ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका थिए ।

    संवैधानिक इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई छानेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images