images
images
  • गण्डकीमा सांसद पद पुर्नबाहालीका लागि थापाको रिटमाथि सुनुवाइ आज हुँदै


    काठमाडौ । सांसदबाट पदमुक्त गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले सर्वोच्चमा दायर गरेको रिटमाथि आज (आइतबार) सुनुवाइ हुँदैछ । उनले आफ्नो सांसद पद खारेज गर्ने जनमोर्चाको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दिएका छन् । उक्त रिटको पेसी आजलाई तोकिएको छ

    थापाले रिट निवेदनमा सांसद पद यथावत राखिपाऊँ भनेका छन् । पार्टी निर्देशन विपरीत गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार जोगाउन लागेपछि उनलाई जनमोर्चाले कारबाही गरेको थियो । जनमोर्चा केन्द्रीय सदस्य समेत रहेका थापालाई पार्टी साधारण सदस्य समेत नरहने गरी एक वर्षका लागि निलम्बन गरिएको छ । उक्त निर्णय गत बिहीबार संसद सचिवालयलाई गराएको थियो ।

    राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले पार्टी साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका सांसदको पद संसद सचिवालयमा सूचना आएपछि रिक्त रहने उल्लेख छ । थापाले रिट निवेदनमा आफूलाई गैरकानुनी रूपमा कारबाही गरेको बताएका छन् ।

    अविश्वास प्रस्तावमा मतदान गर्ने बेला सभामुखले अचानक संसद बैठक स्थगित गरेको र त्यसपश्चात मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि अविश्वास प्रस्ताव निष्क्रिय भएको उनले रिटमा उल्लेख गरेका छन् ।

    अविश्वास प्रस्ताव नै निष्क्रिय भएपछि पार्टी निर्णय र संसदीय दलको ह्विप समेत निष्क्रिय भएको भन्दै उनले त्यसपश्चात नयाँ सरकार गठनका सन्दर्भमा पार्टी र संसदीय दलले कुनै निर्णय नगरेको दाबी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images