काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको प्रष्ट्याएका छन् ।उनले ले आफू राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिबद्ध रहेको भन्दै कसैलाई भ्रममा...
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको प्रष्ट्याएका छन् ।उनले ले आफू राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिबद्ध रहेको भन्दै कसैलाई भ्रममा नपर्न आग्रह गरेका छन् ।
मन्त्री भएलगत्तै कार्यभार सम्हाल्दै शनिबार पनि एक कार्यक्रममा बहुल राज्यको कुरा उठाएका महतोले पछिल्लो अभिव्यक्ति विवादमा परेपछि शनिवार राति प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो अभिव्यक्तिलाई वंग्याएर र गलत अर्थ लाग्ने गरी प्रचार प्रसार भएको बताएका छन् ।
महतोले संविधानको धारा ३ मा उल्लेख भए बमोजिम नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त स्वतन्त्र र अखण्ड रहेको प्रसंगलाई आफूले सबैको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको बताएका छन् ।
महतोले संविधानमा आफूहरूका असन्तुष्टि रहेकोले संशोधनका लागि कार्यदलमा आफ्ना धारणा राख्ने पनि प्रष्ट पारेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिवद्ध रहेको छु । यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने म प्रष्ट पार्न चाहन्छु,।’
महतोको भनाइपछि यसको चौतर्फी आलोचना र विरोध भएको थियो । एमालेको नेपाल(खनाल समूहले उनको भनाइबारे प्रधानमन्त्रीले जवाफ दिनु पर्ने माग गरेको थियो भने उसको विद्यार्थी संगठनले महतोको पुत्ला दहन गरेको थियो ।