images
images
  • सुर्खेतको पञ्चपुरी नगरका तत्कालीन नगरप्रमुख थापासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख उपेन्द्रबहादुर थापासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग २ करोड २० लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै मंगलबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    उक्त नगरपालिकाका तत्कालीन नगर प्रमुख उपेन्द्रबहादुर थापाविरुद्ध ५० लाख विगो कायम गरी मुद्दा दायर गरेको छ ।

    यसैगरी पञ्चपुरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरी विरुद्ध ३० लाख, अर्का प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाविरुद्ध २० लाख र लेखा अधिकृत मोहन बहादुर बुढाविरुद्ध ५० लाख रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

    यसैगरी लेखापाल लक्ष्मीप्रसाद अधिकारीविरुद्ध २० लाख, नमुना समाज सुर्खेतका कार्यकारी निर्देशक लालबहादुर जिएम, नमुना समाज सुर्खेतका अध्यक्ष भूमिसरा पुलामी र नमुना समाज सुर्खेतको हकमा ५० लाख रुपैयाँ बिगो कायम गरी सजाएँ हुन र बिगो रकम जफत गर्न अख्तियारले दाबी गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images