• प्रधानमन्त्री आलीले दिनु भएको प्रेरणा र हौसलाको मुक्त कण्ठले प्रशंसा गर्छु : पद्मा अर्याल


    काठमाडौं । नेकपा एमाले नेतृ तथा निर्वतमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले आगामी दिनमा पनि आफ्नो सक्रियतामा कुनै कमी नहुने बताउनुभएको छ ।

    आज सामाजिक सञ्जालमार्फत सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिँदै उहाँले सम्पूर्ण समय जनताकै लागि समर्पित बताउनुभएको हो । ‘आगामी दिनमा पनि मेरो सकृयतामा कुनै कमी रहने छैन र सम्पूर्ण समय जनताकै लागि समर्पित हुनेछु,’ अर्यालले लेख्नुभएको छ ।

    साथै, उहाँले राष्ट्रको सेवा गर्ने मौका प्रदान गर्नुहुने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरू, सिङ्गो पार्टी पङ्ति र मतदाताप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । कामको सिलसिलामा प्रधानमन्त्रीले दिनु भएको प्रेरणा र हौसलाको उहाँले प्रशंसा गर्नुभएको छ ।

    ‘राष्ट्रको सेवा गर्ने मौका प्रदान गर्नुहुने सम्माननीय प्रधानमन्त्री एवं श्रद्धेय पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूसहित आदरणीय नेताहरू, सिङ्गो पार्टी पङ्ति र मतदाताप्रति कृतज्ञता व्यक्त गर्दछु । कामको सिलसिलामा सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई दिनु भएको प्रेरणा र हौसलाको म मुक्त कण्ठले प्रशंसा गर्छु,’ पूर्वमन्त्री अर्यालले लेख्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस्