images
images
  • पूर्व गाउँपालिका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा, ४ वर्षमा ९२ लाख स्रोत नखुलेको सम्पत्ति

    काठमाडौं- मर्चवारी गाउँपालिका, रुपन्देहीका पूर्व अध्यक्ष केशवनन्द बनियाँविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

    उनको ९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    २०७४ असार २१ देखि २०७८ फागुन ३० सम्मको अवधिको उनको सम्पत्ति विवरण अनुसन्धान गर्दा झण्डै ९२ लाख रुपैयाँको स्रोत नखुलेको अख्तियारको दाबी छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images