काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् ।
गत फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रा.डा. शर्मालाई प्रधानमन्त्री दाहालको निजी चिकित्सक नियुक्त गरेको हो ।
प्रा.डा. शर्माले सोमबार नियुक्तिपत्र बुझेका छन् । पेट तथा कलेजो रोग विशेषज्ञ प्रा.डा. शर्मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको ’इन्टर्नल मेडिसिन’ विभागमा कार्यरत छन् । प्रा.डा. शर्माले इन्टरनल मेडिसिन र ग्यास्ट्रोइन्टेरोलोजीमा एमडी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















