काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै ५५ जिल्लामा संयोजक तोकेको छ ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिएको छ ।
डा. कोइराला आफैँले हस्ताक्षर गरेर जिल्ला संयोजकहरूलाई पत्र पठाइरहेका छन् ।
समूहले असोज १५ गते वडा अधिवेशन र मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने मिति तय गरेको छ ।
नेता एनपी साउदका अनुसार हालसम्म ५५ जिल्लामा संयोजक तोकिएको छ ।
कोशी प्रदेश (८ जिल्ला)
पाँचथर – डेकेन्द्र कुमार तामाङ
झापा – कृष्ण हुमागाई
संखुवासभा – रामकुमार जीसी
भोजपुर – धर्मराज राई
मोरङ – सुभाष पौडेल (सहसंयोजक: विनायक पन्त)
खोटाङ – रोजन राई
ओखलढुंगा – बालगोविन्द राजभण्डारी
उदयपुर – बसन्त बस्नेत (सहसंयोजक: गोविन्द चाम्लिङ)
बागमती प्रदेश (११ जिल्ला)
दोलखा – ताराबहादुर खड्का (सहसंयोजक: जयराम श्रेष्ठ)
रामेछाप – जीतबहादुर मगर
रसुवा – उपेन्द्र लम्साल
धादिङ – गोपाल विक
नुवाकोट – श्रीराम श्रेष्ठ
सिन्धुपाल्चोक – लालकाजी तामाङ
चितवन – मिलन श्रेष्ठ
मकवानपुर – भीम लामा
भक्तपुर – दुर्लभ थापा (जिल्ला सभापति)
ललितपुर – सुदर्शन घिमिरे
काठमाडौँ – जयकृष्ण महर्जन
गण्डकी प्रदेश (८ जिल्ला)
गोरखा – भुगोल थापा
लमजुङ – रामकृष्ण कँडेल
कास्की – ऋषिराम काफ्ले
मनाङ – नाचोङ गुरुङ
पर्वत – रामकृष्ण मल्ल
म्याग्दी – हिराबहादुर पुन मगर
बागलुङ – सागर छन्त्याल
नवलपुर – अशोक बस्ताकोटी
लुम्बिनी प्रदेश (१२ जिल्ला)
नवलपरासी पश्चिम – विकाश घिमिरे
रुपन्देही – गुनाखर भुर्तेल
कपिलवस्तु – अब्दुल मन्नान खाँ
पाल्पा – माधव नेपाल
अर्घाखाँची – लक्ष्मण पाण्डे
गुल्मी – बेदबहादुर थापा
रुकुम (पूर्व) – दत्तबहादुर बस्नेत
रोल्पा – मानबहादुर खत्री
प्यूठान – ईश्वरसिंह विष्ट
दाङ – गोपालराज शर्मा
बाँके – कृष्ण कार्की
बर्दिया – जग्गाप्रसाद पाण्डे
कर्णाली प्रदेश (८ जिल्ला)
डोल्पा – देउप्रसाद बुढा
जुम्ला – हेम बुडथापा
मुगु – कर्ण रावल
हुम्ला – सुर्यबहादुर शाही
कालिकोट – मातृका सिंह
जाजरकोट – राजजंग शाह
दैलेख – मीनबहादुर विश्वकर्मा (मिलन)
सुर्खेत – ललित भट्टराई
सुदूरपश्चिम प्रदेश (८ जिल्ला)
बाजुरा – धनराज पण्डित
बझाङ – हर्कजंगबहादुर सिंह
डोटी – नरेन्द्रबहादुर सिंह
दार्चुला – सुरेन्द्र अवस्थी
बैतडी – वीरबहादुर विष्ट
डडेलधुरा – डिल्लीराज जोशी
कञ्चनपुर – पदम बोगटी
कैलाली – खेम बहादुर डगौरा थारु (सहसंयोजक: राम समझ राना)
मधेस प्रदेशमा संयोजक तोकिएको छैन ।
समूहले मधेस प्रदेशका कुनै पनि जिल्लामा हालसम्म संयोजक तोकेको छैन ।
कञ्चनपुरका संयोजक पदम बोगटी यसअघि जिल्ला सभापति थिए र अहिले संस्थापन विरोधी कित्तामा उभिएका छन् ।
संयोजकहरूले जिल्लामा इतर समूहका आवश्यक काम गर्नेछन् ।


विश्व खबर 

















