images
images
  • सानिमा मिडिल तमोरले घोषणा गर्‍यो ५.२६ प्रतिशत नगद लाभांश

    काठमाडौं – सानिमा मिडिल तमोर हाइड्रोपावरले गत आर्थिक वर्ष २०८२र८३ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

    कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले हाल कायम चुक्तापुँजीको करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश कम्पनीको वितरणयोग्य सञ्चित मुनाफाबाट वितरण गरिनेछ ।

    प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज ३० गते ११औँ वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

    यसअनुसार असोज १६ गतेसम्म कायम शेयरधनीले कम्पनीको प्रस्तावित नगद लाभांश प्राप्त गर्न सक्नेछन् । साथै, उनीहरूले कम्पनीको वार्षिक साधारणसभामा सहभागी हुन पनि पाउनेछन् ।

    प्रस्तावित लाभांश साधारणसभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीलाई वितरण गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images