काठमाडौं – नेपाल स्टक एक्सचेञ्जले बिहीबार दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको शेयरमूल्य साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि गरिएको बुकक्लोजपछि समायोजन गरिएको हो ।
नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंकको ४ प्रतिशत र स्नो रिभर्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको छ ।
समायोजनपछि सांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्य प्रतिकित्ता ४११ रुपैयाँ ५४ पैसा कायम भएको छ । त्यस्तै, स्नो रिभर्सको शेयरमूल्य प्रतिकित्ता ८५९ रुपैयाँ ९ पैसा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यलाई आधार बनाएर दुवै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । बुधबार दोस्रो बजारमा सांग्रिला डेभलपमेन्ट बैंकको शेयर प्रतिकित्ता ४२८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । त्यस्तै, स्नो रिभर्सको शेयर प्रतिकित्ता ९४५ रुपैयाँमा कारोबार बन्द भएको थियो ।
बुकक्लोजपछि कायम भएको समायोजित मूल्यलाई आधार मानेर बिहीबारदेखि दोस्रो बजारमा दुवै कम्पनीको शेयर कारोबार खुल्नेछ ।


विश्व खबर 


















