images
images
  • आँखुखोला जलविद्युतले अपर आँखुखोलामा ५ करोड लगानी गर्ने

    काठमाडौं – आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले धादिङमा निर्माण हुन लागेको ४४ मेगावाट क्षमताको अपर आँखुखोला जलविद्युत आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

    कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले आँखुखोला हाइड्रोले प्रवर्द्धन गर्न लागेको उक्त आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो ।

    धादिङमा निर्माण हुन लागेको अपर आँखुखोला जलविद्युत आयोजना ४४ मेगावाट क्षमताको रहेको छ । आँखुखोला जलविद्युत कम्पनीले आयोजनामा लगानी गर्ने निर्णय गरेसँगै जलविद्युत क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने भएको छ ।

    कम्पनीले आयोजनामा गर्ने लगानीसम्बन्धी अन्य विवरण भने सार्वजनिक गरेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images