काठमाडौं – इष्टर्न हाइड्रोपावर लिमिटेडले ८७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले असोज २९ गते बिहीबार काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा दशौँ वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा हाल कायम चुक्ता पुँजीको १ः०.८७ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पेस गरिनेछ । अर्थात् कम्पनीका शेयरधनीले हाल कायम प्रत्येक एक कित्ता शेयर बराबर शून्य दशमलव ८७ कित्ता हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् ।
यसैगरी, कम्पनीको दर्ता कार्यालयको ठेगाना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ ।
सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमा समेत छलफल गरी निर्णय गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २१ गते एक दिन शेयर दाखिला खारेज गर्ने भएको छ । यसअनुसार असोज २० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन पाउनेछन् ।


विश्व खबर 


















