images
images
  • रविको मुद्दा फिर्ता गर्ने न्यायाधीशलाई मालामाल, पेन्सन सुविधासहित अवकाश

    काठमाडौं– कास्की जिल्ला अदालतका प्रमुख न्यायाधीश हिमलाल बेलबासे उच्च अदालतको न्यायाधीशमा बढुवा भई ६३ वर्षको उमेर हदका कारण असोज ४ गते अवकाशमा गएका छन् ।

    अनिवार्य अवकाशको मुखमा भएको यस बढुवाका कारण उनले अवकाशपछि उच्च अदालतको पूर्वन्यायाधीश सरह पेन्सन तथा अन्य सेवा सुविधा पाउने भएका छन् ।

    न्याय परिषद्को सिफारिसमा उच्च अदालत जनकपुरमा पदस्थापना हुने गरी सिफारिस भएका बेलबासेले रास्वपा सभापति रवि लामिछानेको सहकारी ठगीसँग जोडिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा संशोधन गर्ने अनुमति दिएका थिए ।

    उनको एकल इजलासले गत जेठ ८ गते मुद्दा संशोधनको अनुमति दिएको थियो ।

    संशोधनपछि लामिछानेविरुद्ध सहकारी ठगी सम्बन्धी मुद्दा मात्रै बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images