काठमाडौं – नेपाल बिमा प्राधिकरणमा चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामै १४ वटा उजुरी दर्ता भएका छन् । प्राधिकरणका अनुसार साउन महिनामा केन्द्रीय कार्यालयमा १२ वटा र प्रदेश कार्यालयमा २ वटा गरी १४ वटा उजुरी दर्ता भएका हुन् ।
प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्षमा दर्ता भएका उजुरीसमेत जोड्दा साउन मसान्तसम्म १५ वटा उजुरीको फैसला भएको छ । त्यस्तै, ६ वटा उजुरी सहमतिमार्फत समाधान भएका छन् ।
फैसला र सहमतिमार्फत समाधान भएका गरी यस अवधिमा कुल २१ वटा उजुरी फर्स्योट भएका छन् ।
बिमा सेवा लिने क्रममा बिमा कम्पनी र बीमितबीच विवाद उत्पन्न भए सेवाग्राहीले नेपाल बिमा प्राधिकरणमा उजुरी दर्ता गर्न सक्ने कानुनी व्यवस्था छ ।
प्राधिकरणले बिमासम्बन्धी विवादमा सेवाग्राहीको गुनासो तथा उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















