images
images
  • ओली हटाउने र एमाले पुनर्गठनको पक्षमा उभिए ७ नेता, पछि हटे विष्णु–शंकर

    काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा केही पदाधिकारीहरूले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

    पार्टीलाई मनोमानी ढंगले चलाएको आरोप लगाउँदै उनीहरूले नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन् ।

    उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङले एमालेलाई निजी कम्पनीजस्तो बनाउन खोजिएको आरोप लगाए ।

    उपाध्यक्षद्वय गोकर्ण विष्ट र रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई, सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सचिव यामलाल कँडेल र राजन भट्टराईले पनि ओलीको कार्यशैलीको आलोचना गर्दै मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।

    यसअघि ओलीको विकल्प खोज्दै आएका विष्णु पौडेल र शंकर पोखरेल पछि हच्किएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images