images
images
  • क्लासिक टेकको दसैं अफर : ५ हजार ७ सयमा ७ महिनासम्म २०० एमबिपिएस इन्टरनेट

    काठमाडौं – इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दसैंको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ ।

    अफरअन्तर्गत ग्राहकले २०० एमबिपिएस इन्टरनेटको ३ महिनाको शुल्क ५ हजार ७ सय रुपैयाँ तिरेर ७ महिनासम्म इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन् ।

    यस योजनामा ग्राहकले ४ महिनाको इन्टरनेट बोनससँगै वाइफाई ६ राउटर र निःशुल्क जडान सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

    दसैंको अवसरमा ग्राहकलाई थप बचतसहित उच्च गतिको तथा भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले अफर ल्याइएको क्लासिक टेकले जनाएको छ ।

    कम्पनीका अनुसार अफरमार्फत ग्राहकले नियमित शुल्कको तुलनामा अतिरिक्त अवधिसहित इन्टरनेट सेवा प्रयोग गर्न पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images