images
images
  • स्याक्म्यानका दुई विद्युतीय भारी सवारी नेपाल आउँदै

    काठमाडौं – शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको व्यावसायिक सवारीसाधन निर्माता स्याक्म्यानका एक्स–५०००ई ६×४ विद्युतीय ट्र्याक्टर र एक्स–५०००ई ६×४ विद्युतीय डम्प ट्रक नेपाल भित्र्याउने भएको छ ।

    कम्पनीले यी दुई मोडलमार्फत नेपालको भारी तथा व्यावसायिक सवारीसाधन क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग विस्तार गर्ने जनाएको छ ।

    नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग यात्रुवाहक तथा हलुका व्यावसायिक सवारीसाधनबाट भारी सवारीसाधनतर्फ पनि विस्तार हुँदै गएको अवस्थामा जगदम्बा मोटर्सले नयाँ विकल्प ल्याउन लागेको हो ।

    एक्स–५०००ई विद्युतीय ट्र्याक्टर भारी सामान ढुवानी तथा व्यावसायिक यातायातका लागि तयार गरिएको कम्पनीले जनाएको छ ।

    त्यस्तै, एक्स–५०००ई विद्युतीय डम्प ट्रक निर्माण, खानी तथा कठिन भौगोलिक क्षेत्रमा प्रयोगका लागि डिजाइन गरिएको छ ।

    दुवै सवारीसाधनमा स्याक्म्यानको विद्युतीय शक्ति प्रणाली प्रयोग गरिएको छ। ती मोडलमा छिटो चार्ज गर्न सकिने सुविधा, स्मार्ट नियन्त्रण तथा ब्याट्री व्यवस्थापन प्रणाली रहेको कम्पनीले जनाएको छ ।

    यी प्रविधिले विभिन्न कार्य वातावरणमा सवारीसाधनको सञ्चालनलाई प्रभावकारी बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

    यी दुई मोडलको आगमनसँगै जगदम्बा मोटर्सले नेपालमा भारी विद्युतीय व्यावसायिक सवारीसाधनको क्षेत्रमा प्रवेश गर्ने भएको छ ।

    व्यावसायिक तथा औद्योगिक यातायातका लागि विद्युतीय विकल्पको खोजी भइरहेका बेला यी सवारीसाधनले नेपाली बजारमा नयाँ विकल्प थप्ने कम्पनीको अपेक्षा छ ।

    एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प ट्रकको सार्वजनिक, उपलब्धता तथा मूल्यसम्बन्धी थप विवरण आगामी दिनमा सार्वजनिक गरिने जगदम्बा मोटर्सले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images