काठमाडौं– नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ ।
यूटीएसले टोयोटा ग्रुप इन एसियासँगको सहकार्यमा उक्त सहयोग गरेको जनाएको छ । विपद्को समयमा नेपालसँगै उभिने प्रतिबद्धतासहित उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गरिएको कम्पनीले जनाएको हो ।
कम्पनीले विपद्पछिको उद्धार तथा पुनःस्थापनामा निरन्तर खटिरहेका नेपाल सरकार, सुरक्षा निकाय, मानवीय संस्था, स्वयंसेवक तथा समुदायप्रति आभार व्यक्त गरेको छ ।
यूटीएसले विपद्को समयमा आवश्यक सहयोगलाई निरन्तरता दिँदै थप बलियो तथा विपद् प्रतिरोधी भविष्य निर्माणका लागि नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















