images
images
  • सुन र चाँदीको मूल्य घट्यो, सुन २ लाख ९८ हजार ६०० रुपैयाँ

    काठमाडौं– नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार असोज ९ गते सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो ।

    शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ६२० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

    पछिल्ला दिनमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images