काठमाडौं – ललितपुरको ग्वार्कोमा मुख्य कार्यालय रहेको फिनोभेटिभ ग्रुप प्रालिको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
युवासिए र विभिन्न क्षेत्रमा आबद्ध दक्ष जनशक्तिद्वारा सञ्चालित कम्पनीले आगामी तीन वर्षभित्र आफ्नो पुँजी ३० करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ ।
साधारणसभामा कम्पनीका अध्यक्ष सन्तमान महर्जनले संस्थागत सुशासन, जिम्मेवार लगानी र दीर्घकालीन मूल्य सिर्जनालाई प्राथमिकतामा राखेर कम्पनी अघि बढ्ने बताए। कम्पनीमा सञ्चालक समितिसँगै व्यवस्थापन समिति र लगानी समिति रहेको उनले जानकारी दिए ।
साधारणसभाले आगामी तीन वर्षभित्र पुँजी विस्तार गरी ३० करोड रुपैयाँ पुर्याउने वित्तीय प्रक्षेपण पारित गरेको छ । हाल कम्पनीको जारी पुँजी १० करोड रुपैयाँ तथा चुक्ता पुँजी ४ करोड १६ लाख रुपैयाँ रहेको छ ।
कार्यक्रममा कम्पनीका सञ्चालक जनक तिवारीले कम्पनीको वित्तीय अवस्था, हालसम्मको प्रगति तथा भावी कार्ययोजनासम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिशेयर ५ रुपैयाँ प्रिमियम थप लगानी
साधारणसभाले कात्तिक १ गतेदेखि लागू हुने गरी प्रतिशेयर ५ रुपैयाँ प्रिमियम थप गरी १०५ रुपैयाँका दरले थप लगानी गर्न सकिने प्रस्ताव पारित गरेको छ । साथै, कम्पनीले योग्य संस्थागत लगानीकर्ता ९क्वालिफाइड इन्स्टिच्युसनल इन्भेस्टर० को अनुमति लिने प्रस्तावसमेत पारित गरेको छ ।
कम्पनीले पुँजी बजार, सेवामूलक तथा उत्पादनमूलक क्षेत्रमा जोखिम र प्रतिफलको मूल्यांकन गर्दै लगानी पोर्टफोलियो विविधीकरण गर्ने रणनीति लिएको जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि ओम मेगा फर्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले फिनोभेटिभ ग्रुपले छोटो अवधिमै व्यवस्थित र पारदर्शी ढंगले आफ्नो आधार निर्माण गर्न सफल भएको बताए । उनले आगामी दिनमा पनि संस्थागत सुशासन र पारदर्शितालाई निरन्तरता दिँदै अघि बढ्न सुझाव दिए ।


विश्व खबर 

















