images
images
  • ३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न कृषि सामग्री कम्पनीको अन्तर्राष्ट्रिय बोलपत्र

    काठमाडौं – कृषि सामग्री कम्पनी लिमिटेडले ३० हजार मेट्रिक टन युरिया मल खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।

    कम्पनीले बिहीबार सूचना जारी गर्दै युरिया ४६–०–० खरिद तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको हो। योग्य आपूर्तिकर्ताले बोलपत्रमा सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ ।

    बोलपत्रअनुसार खरिद हुने मल कोलकाता वा हल्दिया बन्दरगाह हुँदै डीडीपी नेपाल आधारमा विराटनगर, वीरगन्ज र भैरहवास्थित कम्पनीका गोदामसम्म आपूर्ति गर्नुपर्नेछ। अन्तिम गन्तव्यसम्मको बिमा आपूर्तिकर्ताले नै गर्नुपर्नेछ।

    बोलपत्र खरिदका लागि ४ लाख रुपैयाँ शुल्क तोकिएको छ भने बोलपत्र जमानत २० हजार अमेरिकी डलर बराबर हुनुपर्नेछ ।

    पूर्वबोलपत्र बैठक अक्टोबर १६, २०२६ मा दिउँसो २ बजे कम्पनीको कुलेश्वरस्थित प्रधान कार्यालयमा हुनेछ । इच्छुक बोलपत्रदाताले अक्टोबर २६ को दिउँसो १ बजेसम्म बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र सोही दिन दिउँसो २ बजे खोलिने कम्पनीले जनाएको छ ।

    प्राविधिक र वित्तीय प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी गरी पेस गर्नुपर्नेछ। कम्पनीका अनुसार बोलपत्रसम्बन्धी थप जानकारी प्रधान कार्यालय तथा कम्पनीको वेबसाइटबाट लिन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images