काठमाडौं– बडा दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले ‘फेस्टिभ अफर–होन्डाको सफर’ सार्वजनिक गरेको छ ।
कम्पनीले चाडपर्वलाई लक्षित गर्दै ल्याएको योजनाअन्तर्गत होन्डाको नयाँ कार खरिद गर्दा ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् ।
अफरअन्तर्गत नयाँ कार खरिदमा एक आर्थिक वर्षको सडक कर र एक आर्थिक वर्षकै पूर्ण बीमा निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
यस्तै, ग्राहकको गाडी खरिदपछिको अनुभवलाई सहज बनाउन पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ र एक वर्षका लागि निःशुल्क सडक सहायता उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
पुरानो गाडी साट्दा एक्सचेन्ज बोनस
पुरानो गाडी साटेर नयाँ होन्डा कार खरिद गर्न चाहने ग्राहकका लागि कम्पनीले अन–द–स्पट एक्सचेन्ज सुविधा र आकर्षक एक्सचेन्ज बोनस समेत उपलब्ध गराएको छ ।
नयाँ गाडी खरिदका लागि आर्थिक सुविधा सहज बनाउन स्याकार हायर पर्चेज र एनआईसी एसिया बैंकसँगको सहकार्यमा कम ब्याजदरमा सहज वित्तीय सुविधा पनि अफरमा समावेश गरिएको कम्पनीले जनाएको छ ।
सेप्टेम्बर २५ देखि नोभेम्बर १६ सम्म
कम्पनीका अनुसार ‘फेस्टिभ अफर–होन्डाको सफर’ सेप्टेम्बर २५, २०२६ देखि नोभेम्बर १६, २०२६ सम्म देशभरका होन्डा कार शोरुममा लागू हुनेछ । योजनामा होन्डा कार खरिद गर्दा कम्पनीका नियम तथा सर्तहरू लागू हुनेछन् ।
‘ड्राइभ अ ब्राइटर टुमोरो’ नारासहित ल्याइएको योजनामा होन्डा सीआर–भी, एलिभेट, सिटी र सिटी ईःएचईभी लगायतका कार समावेश छन् ।
कम्पनीले अफरसम्बन्धी थप जानकारीका लागि नजिकैको होन्डा कार शोरुममा सम्पर्क गर्न ग्राहकलाई आग्रह गरेको छ ।


विश्व खबर 

















