images
images
  • होन्डा गाडी किन्न एनआईसी एशियाको सहुलियतपूर्ण अटो लोन

    काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा। लि। र एनआईसी एशिया बैंकबीच होन्डाका ग्राहकलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

    सम्झौताअनुसार एनआईसी एशिया बैंकले होन्डाका ग्राहकलाई आकर्षक तथा कम ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने भएको छ । ग्राहकले कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात बुझाएको अवस्थामा ६ कार्यदिनभित्र कर्जा प्रक्रिया पूरा गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

    यो सुविधा होन्डाका विभिन्न लोकप्रिय मोडल खरिद गर्न चाहने ग्राहकका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ । ग्राहकले होन्डा सीआर–भी, सिटी इस्एचईभी, फिफ्थ जेन सिटी र एलिभेटलगायतका गाडी खरिदका लागि उक्त कर्जा सुविधा उपयोग गर्न सक्नेछन् ।

    सम्झौतापत्रमा एनआईसी एशिया बैंकका चिफ बिजनेस अफिसर अमित केसी र हेड–मोर्ट्गेज बैंकिङ एन्ड अटो लोन दीपक आचार्य तथा स्याकार ट्रेडिङ कम्पनीका प्रबन्ध निर्देशक सृजना शाक्य ज्योतिले हस्ताक्षर गरेका छन् ।

    स्याकार ट्रेडिङ कम्पनी र एनआईसी एशियाबीचको यस सहकार्यले ग्राहकलाई नयाँ होन्डा कार खरिद गर्न वित्तीय रूपमा सहज हुने दुवै संस्थाले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images