काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा तीनदिनदेखि चलिरहेको केन्द्रीय कमिटीको तेस्रो बैठकले हिजो बुधबार अध्यक्षको प्रतिवेदन पारित गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले प्रेस नोट जारी गरी जानकारी गराएका छन् ।
त्यसअघि अध्यक्ष ओलीले प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले राखेको धारणाका सन्दर्भमा स्पष्ट पारेका थिए ।
बुधबारको बैठकमा पदाधिकारी, आयोग अध्यक्ष र केन्द्रीय सदस्य/पदेन केन्द्रीय सदस्यसहित कुल १६१ जनाले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
केन्द्रीय कमिटीको जारी बैठक आज मध्यान्ह पुन: बस्ने छ । त्यसअघि केन्द्रीय सचिवालको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















