images
images
  • एमाले केन्द्रीय सदस्यमा ३३ जना मनोनीत, को–को हुन् उनीहरू ? (नामावलीसहित)

    काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय कमिटीमा ३३ जना सदस्य मनोनीत भएका छन् ।

    बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मनोनीतका लागि ३३ जनाको नाम प्रस्ताव गरेका थिए ।

    उक्त प्रस्तावलाई एमाले केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको हो ।

    मनोनीत ३३ सदस्यमध्ये १३ जना अन्य दलबाट आएका नेता छन् ।

    एमालेको विधानमा १० प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था छ ।

    केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरू :

    काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नाथुराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, पाल्देन छोपाङ, विमला घिमिरे, श्रीमाया थकाली, जानुका सिंखडा, बिना बास्तोला, शान्तिलाल महत, विनोद पाण्डे, प्रेम दङ्गाल, पुष्पराज श्रेष्ठ ।

    अन्य पार्टीबाट आएका नेता :

    मोहम्मद इस्तियाक राई, कौशिला खत्री, सुरेन्द्र उदास, दीपक खम्बु, जय गोदे, धर्मराज निरौला, प्रदीप यादव, अब्दुल हुसेन, डिबी कार्की, भवानी खापुङ, ददी चाम्लिङ, विनोद पहाडी, रामप्रित पासवान, ध्रुव विस्ट ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images