काठमाडौं – राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामा राखिरहनुपर्ने आधार नदेखिएको भन्दै सर्वोच्च अदालतले तत्काल रिहा गरी तारेखमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल पोखरेलको संयुक्त इजलासले दाहालकी छोरी डेनीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।
सर्वोच्चले दाहालले संविधान तथा कानुनविपरीत हिंसात्मक आन्दोलनको आह्वान गरेको नदेखिएको उल्लेख गरेको छ । साथै, यसअघि म्याद थपको आधार बनाइएको बयानसमेत ६ गते नै सम्पन्न भइसकेको अदालतले जनाएको छ ।
‘ग्रे–जोन’ रिपोर्टबारे सामाजिक सञ्जालमा धारणा व्यक्त गरेको विषयमा साइबर अपराधको कसुरमा दाहाललाई ४ गते मोरङको बेलबारीबाट पक्राउ गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















