images
images
  • कर्णाली याक्स र पल्मबरबीच तीन वर्षको सहकार्य, हेडगेयर पार्टनरमा निरन्तरता

    काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले पल्मबरसँगको सहकार्यलाई निरन्तरता दिएको छ ।

    एनपिएलको तेस्रो संस्करणका लागि कर्णाली याक्स र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजबीच तीन वर्षको सम्झौता भएको हो । सम्झौताअनुसार पल्मबर एनपिएल सिजन–३ मा कर्णाली याक्सको हेडगेयर पार्टनर रहनेछ ।

    सम्झौतापत्रमा बिहीबार कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक नितिन जलानले हस्ताक्षर गरे ।

    पल्मबर गत सिजन कर्णाली याक्सको प्रमुख प्रायोजकका रूपमा जोडिएको थियो। यसपटक साझेदारीको स्वरूप परिवर्तन भए पनि कम्पनीले टोलीसँगको सहकार्यलाई निरन्तरता दिएको हो ।

    कर्णाली याक्सका क्रिकेट निर्देशक मल्लले गत सिजनदेखि सुरु भएको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यो साझेदारीले टोलीको यात्रामा पल्मबरको विश्वास र निरन्तरतासमेत झल्काउने बताए ।

    जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक जलानले कर्णाली याक्ससँगको सहकार्य ब्रान्ड प्रवर्द्धनमा मात्र सीमित नभई नेपाली क्रिकेट र एनपिएलको विकासमा योगदान गर्ने उद्देश्यसमेत रहेको बताए ।

    एनपिएलको तेस्रो संस्करण अक्टोबर २६ देखि सुरु हुँदैछ। प्रतियोगिताका लागि कर्णाली याक्सले विदेशी खेलाडी मार्क वाट र अक्बर अलिलाई टोलीमा आबद्ध गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images