काठमाडौं- हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने सुदूरपश्चिम प्रदेश साथै प्रदेश नं. १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाकाअनुसार राति भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत प्रदेश नं १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
तराईका थोरै भू–भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले मौसम सूचना तथा पूर्वानुमान अद्यावधिक रहुन महाशाखाले अनुरोध गरेको छ।
हेर्नुहोस् आगामी तीन दिनको मौसम
२०७९ फागुन ४ गते (बिहीबार)
दिउँसोː प्रदेश नं। १ को पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीː सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
२०७९ फागुन ५ गते (शुक्रबार)
दिउँसोː प्रदेश नं १ को पहाडी भू(भागमा आन्शिक देखि सामान्य बदली तथा बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीː प्रदेश नं १ को पहाडी भू-भागमा आन्शिक देखि सामान्य बदली तथा बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७९ फागुन ६ गते (शनिबार)
दिउँसोː प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आन्शिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीː देशको पहाडी भू-भागमा आन्शिक बदली तथा बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


विश्व खबर 


















