३० जेष्ठ २०७८, आईतवार   |  June 13, 2021
advertisement of bishwo khabr
Tika Gurung

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री ओली छलफलमा, जसपा आजै सरकारमा सहभागी हुने सम्भावना

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री ओली छलफलमा, जसपा आजै सरकारमा सहभागी हुने सम्भावना


काठमाडौं । जसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । जसपालाई आजै सरकारमा सहभागी गराउने तयारी भइरहेका बेला ठाकुर छलफलका लागि बालुवाटार गएका हुन् ।

जसपा सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा विस्तार र हेरफेर गर्ने भएका छन् ।

यसअघि बिहीबार राति अबेरसम्म प्रधानमन्त्रीसँग ठाकुरले सत्ता सहभागिताको बारेमा छलफल गरेका थिए । जसपाबाट राजेन्द्र महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री बन्ने तय भए पनि मन्त्रालयको टुंगो लाग्न बाँकी छ ।

जसपाको पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा पुगेकाले पनि केही ढिला भएको बताइएको छ । केही विषय बाँकी रहेकाले नयाँ मन्त्रीहरूको सपथग्रहण आजै हुने सम्भावना कम रहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले एमालेका नेताहरुसँग पनि छलफल गरिरहेका छन् । पूर्वमाओवादी समूहबाट पनि विस्तारित मन्त्रिपरिषदमा कसलाई सहभागी गराउने भन्ने छलफल चलिरहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n