काठमाडौं- सुदूरपश्चिम प्रदेशको बुधबार बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित भएको छ। सुदूरपश्चिम प्रदेशसभा बैठक भोलि १ बजेका लागि सरेको छ । यसअघि प्रदेशसभाको बैठक बुधबार १ बजे बोलाइएको थियो ।
मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने भनिएको आजको बैठक बिहीबार सम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेशसभाको आजको बैठकमार्फत मुख्यमन्त्री राजेन्द्र रावलले विस्वासको मत लिने कार्यतालिका थियो । तर गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले विश्वासको मत पाउनेमा आशंका देखिएपछि बुधबारको बैठक स्थगित गरिएको स्रोतको दाबी छ।
मुख्यमन्त्रीमा दावी पेश गर्दा हस्ताक्षर गरेको उन्मुक्तिले अहिले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताउँदै आएको छ । यदी मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको अवस्थामा सुदुरपश्चिम सरकार ढल्नेछ ।
नेपाली काँग्रेसस र नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्नेछ । बैठक एकदिन सारेर नागरिक उन्मुक्तिलाई फकाउने प्रयासमा सरकार लागि परिरहेको छ ।
सुदूरपश्चिममा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्र एकरएक जना सांसद छन्। तर बहुमत पु¥याउन ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक छ ।























