images
images
  • कांग्रेस महामन्त्री पौडेल पुगे निर्वाचन आयोग, निर्वाचित कार्यसमिति अद्यावधिक

    काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनपछिका दस्तावेज अध्यावधिक गर्न महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा कांग्रेसको टोली निर्वाचन आयोग पुगेको छ ।

    असोजमा सम्पन्न महाधिवेशनबाट कांग्रेस सभापतिमा गगन थापा निर्वाचित भएका थिए । कांग्रेसका पदाधिकारी २० सहित २६२ केन्द्रीय कार्यसमितिका सदस्यहरूको नाम अद्यावधिक गर्न महामन्त्री पौडेल निर्वाचन आयोग पुगेका हुन् ।

    गत पुस अन्तिम साता आयोजित कांग्रेस विशेष महाधिवेशनले गगन थापालाई नै सभापतिमा निर्वाचित गरेको थियो । पार्टीको १५औं नियमित महाधिवेशनबाट पनि थापा नै सभापति निर्वाचित भएका छन् ।

    कांग्रेसको आधिकारिकता विवाद अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ । सर्वोच्च् अदालतले कांग्रेसको आधिकारिकता सम्बन्धमा पुनरवलोकन गर्न दिएको आदेशकै कारण अहिले पूर्वसभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशन गर्ने बहाना पाएको छ । देउवा पक्षले मंसिर तेस्रो साता महाधिवेशन गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images