images
images
  • इरान युद्धको असर: घट्यो र्‍यानएयरको नाफा

    काठमाडौं– आयरल्यान्डको कम लागतमा हवाई सेवा प्रदान गर्ने एयरलाइन्स कम्पनी र्‍यानएयरले दोस्रो त्रैमासिकमा खुद नाफा ६ प्रतिशतले घटेको जनाएको छ। इन्धनको मूल्य बढ्नु र अमेरिका–इजरायल तथा इरानबीचको युद्धका कारण हवाई टिकटको मूल्य प्रभावित हुनुले नाफा घटेको कम्पनीले जनाएको हो।

    र्‍यानएयरले सार्वजनिक गरेको विवरणअनुसार सेप्टेम्बरको अन्त्यसम्मको तीन महिनामा कम्पनीको करपछिको नाफा १ अर्ब ६१ करोड युरो (१ अर्ब ८० करोड अमेरिकी डलर) मा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नाफा १ अर्ब ७२ करोड युरो थियो।

    कम्पनीका अनुसार युद्धका कारण अग्रिम खरिद सम्झौताबाट सुरक्षित नगरिएको इन्धनको मूल्य निकै बढेको छ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत माइकल ओ’लेरीले मध्यपूर्वको द्वन्द्व छिट्टै समाधान नभए सन् २०२७ सम्म नै हवाई इन्धनको मूल्य उच्च रहने अपेक्षा गरिएको बताएका छन्।

    उनका अनुसार आगामी आर्थिक वर्षमा कम्पनीको इन्धन खर्च २ अर्ब युरो (२ अर्ब २० करोड अमेरिकी डलर) ले बढ्ने अनुमान छ।

    मध्यपूर्व र युक्रेनमा जारी द्वन्द्व थप चर्किन सक्ने जोखिमका कारण कम्पनीको नाफा अत्यधिक प्रभावित हुन सक्ने भन्दै उनले अहिले नै आगामी आर्थिक वर्षको नाफाबारे ठोस अनुमान सार्वजनिक गर्न हतार हुने बताएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images