काठमाडौं – नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला दुई हजार ३०० रुपैयाँ र चाँदीको भाउ ७० रुपैयाँले बढेको हो।
आइतबार प्रतितोला दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार बढेर दुई लाख ७४ हजार ३०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार प्रतितोला तीन हजार ६५० रुपैयाँ रहेको चाँदीको मूल्य बढेर तीन हजार ७२० रुपैयाँ कायम भएको छ ।
आइतबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको थियो । अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















