images
images
  • कच्चा तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले घट्यो

    काठमाडौं– अमेरिका र इरानबीच अप्रत्यक्ष वार्तामा प्रगति हुने आशा बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ। समाचार संस्था रोयटर्सका अनुसार कूटनीतिक पहल अघि बढ्ने सम्भावनाले तेलको मूल्यमा गिरावट आएको हो।

    आज ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ३.६८ डलर अर्थात् ३.२ प्रतिशतले घटेर १०९.७५ डलरमा झरेको छ । त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) क्रुडको मूल्य ३.४३ डलर अर्थात् ३.३ प्रतिशतले घटेर प्रतिब्यारेल १००.६९ डलर कायम भएको छ ।

    अमेरिका र इजरायलले इरानसँग गरिरहेको युद्ध फेरि चर्किन सक्ने चिन्ताका कारण गत अक्टोबरको अन्त्यमा ब्रेन्ट क्रुडको मूल्य पछिल्लो ६ महिनायताकै उच्च विन्दुमा पुगेको थियो। विशेषगरी मंगलबार हुने अमेरिकी मध्यावधि निर्वाचनपछि क्षेत्रीय तनाव थप बढ्न सक्ने आशंका बजारमा थियो।

    केसीएम ट्रेडका प्रमुख बजार विश्लेषक टिम वाटररले रोयटर्ससँग कुरा गर्दै गत साता तेलको मूल्यमा भएको तीव्र वृद्धिपछि अहिले प्राविधिक रूपमा केही गिरावट आएको बताएका छन् ।

    उनका अनुसार कूटनीतिक समाधानको सम्भावना कायमै रहनु र सप्ताहान्तमा कुनै ठूलो सैन्य तनाव नबढ्नुले तत्कालका लागि तेलको मूल्यमा परेको दबाब कम गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images