काठमाडौं– सरकारले तलब निर्धारण गर्न बोर्ड गठन गरे पनि बंगलादेशका गार्मेन्ट मजदुरहरुको आन्दोलन जारी रहेको छ । मजदुरहरुले न्यूनतम मासिक ज्याला १२ हजार ५०० टाकाबाट बढाएर ३० हजार टाका पु¥याउन माग गरेका छन् ।
शनिबार सुरु भएको गार्मेन्ट मजदुरहरुको आन्दोलन आज तेस्रो दिनमा प्रवेश गरेको छ । सुरक्षा जोखिमका कारण गाजीपुरका धेरै कारखाना बन्द भएका छन् ।
राजधानी ढाका नजिकै कोनाबारी र चन्द्र क्षेत्रमा प्रदर्शन जारी छ । कारखाना सञ्चालकले बजारको माग घटेको र कच्चापदार्थ आयात महँगिएको भन्दै माग पूरा गर्न कठिन रहेको बताएका छन् ।
सरकारले आन्दोलनलाई राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयाससँग जोडेको छ । गृहमन्त्री सलाहुद्दिन अहमदले सीमापारबाट आन्दोलन उक्साइएको आरोप लगाएका छन् ।
बङ्गलादेशको गार्मेन्ट उद्योगले कुल निर्यात आम्दानीको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ भने करिब ४० लाखलाई प्रत्यक्ष रोजगारी दिएको छ । तीमध्ये ६० देखि ७० प्रतिशत महिला छन् ।






















