images
images
  • निर्वाचन एक दिन बाँकी धेरै सर्वेक्षणमा डेमोक्र्याट अघि

    काठमाडौं – वासिङ्टन, ३ नोभेम्बरका दिन अमेरिकामा मध्यावधि निर्वाचन हुँदै छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अलोकप्रिय रहेको मौकामा हुन लागेको यो निर्वाचनमा हुने यस निर्वाचनमा डेमोक्र्याटहरु बढी आशावादी छन् ।

    पछिल्लो मत सर्वेक्षणमा २१८ सिटमा डेमोक्र्याटहरु अघि छन् । केही महत्त्वपूर्ण स्थानहरूमा बराबरीको अवस्था छ । सिनेटको दौडमा डेमोक्र्याटहरु हल्का अघि रहेको जनाइएको छ ।

    न्यु योर्क टाइम्सको पछिल्लो सर्वेक्षण अनुसार सन् २०१८को निर्वाचनमा डोनाल्ड ट्रम्प १८ अङ्कले अघि रहेको दक्षिणी क्यारोलिनाको सिनेट दौडमा बराबरीको अवस्था छ । सिएनएनको पछिल्लो सर्वेक्षण अनुसार कानास, टेक्सस र माइनेमा डेमोक्र्याट अघि छ ।

    विगतमा पनि धेरै सर्वेक्षण असफल भएका कारण सर्वेक्षण एक्युरेट हुन्छन् । या हुँदैनन् भन्ने प्रश्न उठुन् थालेको छ । विगत ३ वटा निर्वाचनमा सर्वेक्षण असफल भएका छन् । सन् २०१६ र २०२४ मा मत सर्वेक्षणलाई असफल बनाउँदै डोनाल्ड ट्रम्प राष्ट्रपति पदमा निर्वाचित भएका थिए । सन् २०२० मा जो बाइडेन धेरै अन्तरले विजयी हुने अनुमान गरिए पनि थोरै मतले मात्र विजयी भए ।

    यस वर्षको सुरुवातमा पनि मिचिगनको डेमोक्र्याट सिनेटरका लागि भएको प्रारम्भिक निर्वाचनमा अब्दुल अल सायद दोहोरो अङ्कले अघि रहेको सर्वेक्षण थियो । निर्वाचनमा उनी १ प्रतिसतले मात्र अघि रहे । विसकन्सिनमा डेमोक्र्याटका प्राइमरी निर्वाचनको सर्वेक्षणमा अघि रहेका उम्मेदवार २० प्रतिसतले पछि परेका थिए ।

    अमेरिकामा पछिल्लो समय सर्वेक्षण कठिन हुने धेरै जना बताउँछन् । अन्तिम समयमा मन परिवर्तन गर्ने तथा सर्वेक्षणमा सहभागी भएर निर्वाचनमा सहभागी नहुने पनि देखिएको छ ।

    धेरै विज्ञहरूको अनुसार धेरै परम्परावादी या अति दक्षिणपन्थी केही जमात छ । उनीहरू सबै विषय साथै व्यवस्था प्रति धेरै नकारात्मक हुन्छन् । यस कारण निर्वाचनमा सहभागी पनि हुँदैनन् ।

    केही विश्लेषक हरू विगतमा अन्तिम समयमा ट्रम्पले मानिसहरूको सोचाइ नै फेरिदिएको पनि बताउन थालेका छन् ।

    यस पटक पनि धेरै स्थानमा भएका सर्वेक्षणमा केही स्थानमा साँघुरो अन्तरमा हारजितको सम्भावना छ । यी क्षेत्रहरूमा सर्वेक्षणले भनेको झैँ नै परिणाम नआउन पनि सक्छ ।

    विगतलाई आधार मान्ने हो भने राष्ट्रपति निर्वाचनमा भन्दा संसदीय निर्वाचनमा र मध्यावधि निर्वाचनको सर्वेक्षण एकुरेट देखिएका छन् । यस कारण डेमोक्र्याका लागि यो मध्यावधि निर्वाचन स्वर्णिम हुन सक्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images