images
images
  • इनम सापकोटा र मिडियामा प्रहरी धरपकडबारे संसदीय छानबिन समिति बनाउन कांग्रेसको माग

    काठमाडौं– नेपाली कांग्रेसले बिचौलिया इनम सापकोटा र पछिल्लो समय मिडियामा प्रहरीको धरपकड प्रकरणको सत्य तथ्य पत्ता लगाउन संसदीय छानबिन समिति बनाउन माग गर्न पार्टीको संसदीय दललाई निर्देशन दिएको छ ।

    सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बसेको दलको बैठकमा सहभागी भएका महामन्त्री प्रदीप पौडेलले त्यस्तो निर्देशन दिएका हुन् ।

    पौडेलले अदालतमा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा अहिले प्रहरी हिरासतमा रहेका इनम सापकोटा प्रकरणको सत्यतथ्य छानबिनका लागि आवाज उठाउन संसदीय दललाई निर्देशन दिए ।

    ‘अदालतमा भइरहेको बिचौलिया प्रकरणको छानबिन गर्न संसदीय समिति माग गर्न दललाई पार्टीले निर्देशन दिएको छ’, पौडेलले भने, ‘पार्टीको तर्फबाट दलको बैठकमा मैले त्यस्तो निर्देशन दिएको हुँ ।’

    महामन्त्री पौडेलले मिडिया हाउसमा पुगेर प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिने, कर्मचारीलाई पक्राउ गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुर्‍याउने र अदालतको विचौलिया प्रकरणको छलफल गर्न तत्काल संघीय संसद्को अधिवेशन आह्वानको माग गर्न पनि दलललाई दिर्नेशन दिएको जानकारी दिए ।

    आइतबार कांग्रेस सभापति गगन थापाले संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई पछिल्लो समय देखिएका घटनामा संसदीय छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए । सोहीअनुसार सोमबारको संसदीय दलको बैठकमा यसले प्रवेश पाएको हो ।

    अहिले संघीय संसदका दुवै सदन बन्द छ । कांग्रेसले चाँडो प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बोलाएर यस्ता घटनाको विषयमा संसदीय छानबिन समिति गठन गर्न प्रस्ताव गर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images