सिरहा । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पुराना कम्युनिष्ट नेता विष्णुलाल वाइवाको निधन भएको छ।
सिरहा निवासी ७८ वर्षीय वाइवाको कोरोना संक्रमणको कारण बिहीबार साँझ झापामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । वाइवा २०४८ सालमा संयुक्त जनमोर्चाको तर्फबाट सिरहाबाट सांसद निर्वाचित भएका थिए । तीन साताअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि झापा लगिएको थियो ।
आम्दा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको माओवादी केन्द्रका पोलिटव्युरो सदस्य विश्वनाथ साहले जानकारी दिएका छन् । एक साताअघि गरिएको परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आए पनि फोक्सोको निमोनिया ठिक नहुँदा उनको मृत्यु भएको चिकित्सकहरुले बताएका छन् ।
नेता वाइवा तत्कालीन बामपन्थी नेता जयगोविन्द साहको प्रेरणाले सानै उमेरदेखि कम्युनिष्ट आन्दोलनमा लागेका थिए । सादा जीवन विताउन चाहने वाइवा सिरहालाई कार्य क्षेत्र बनाएर वामन्थी राजनीतिमा क्रियाशील थिए । सिरहाको कर्जन्हा नगरपालिका बडहरा मिर्चैया निवासी वाइबाको आज बिहान कमला नदीमा दाहसंस्कार हुने नेता साहले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्