काठमाडौं – चीन सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि नेपाललाई १ करोड १० लाख रुपैयाँ प्रदान गरेको छ ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले विपद्को समयमा चीन सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा पनि नेपाल र चीनबीच आवश्यक समन्वय तथा सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे ।
राजदूत चाङले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुग्ने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको जानकारी दिए ।
बाढीका कारण प्रभावित बालबालिकाको शिक्षा तथा आवश्यक सहयोगमा उक्त रकम परिचालन गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















