६ असार २०७८, आईतवार   |  June 20, 2021
advertisement of bishwo khabr
Tika Gurung

एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

s 4

नेकपा (एमाले) स्थायी कमिटीको आज बस्ने भनिएको बैठक स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे बस्ने भनिएको बैठक स्थगन भएको हो । स्थगन गरिएको बैठक कहिले बस्ने भनी तोकिएको छैन । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकबारे थप आन्तरिक गृहकार्य गर्नुपरेकाले स्थगन गरिएको हो । बुधबार अपराह्न ४ः०० बजे बोलाइएको बैठक आजका लागि सारिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n