images
images
  • अपरान्हपछि काठमाडौंसहित देशका केहि भागमा वर्षाको सम्भावना, कुन ठाउँमा कस्तो ?

    काठमाडौं। नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको मौसमविदले बताएका छन् ।

    आज ९बिहीबार० लुम्बिनी प्रदेशका थोरै तथा देशभरका पहाडी भेगमा आंशिक बदलीको अवस्था छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    यस्तो छ शनिबारसम्मको मौसम पूर्वानुमान
    जेठ २० गते बिहीबार
    दिउँसो –
     प्रदेश–१ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहने छ । प्रदेश–१ लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    राति – पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा सामान्यतया सफा रहने छ । प्रदेश–१ का एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
    जेठ २१ गते शुक्रबार
    दिउँसो – 
    प्रदेश–१ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा सामान्यतया मौसम सफा रहने छ । पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    राति – पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१ का एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
    जेठ २२ गते शनिबार
    दिउँसो –
     पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहने छ । पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    राति – पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१ का एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
    देशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

    प्रतिक्रिया दिनुहोस्

    images