images
images
  • जसपाका दुवै अध्यक्षको पत्र निर्वाचन आयोगले गर्‍यो खारेज, कारवाही पुष्टि हुने आधार देखिएन

    • images
    • १९ जेष्ठ २०७८


    काठमाडौँ । निर्वाचन आयोगले जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर दुईजनाको पत्र खारेज गरेको छ।

    आयोगले जसपाका दुवै अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एकले अर्कोलाई गरेको निष्कासको कारवाहीलाई मान्यता नदिई आधिकारिकता पुष्टि हुने कागजात मागेको छ ।

    आयोगले दुवै अध्यक्षलाई बुधबार पत्राचार गर्दै मंगलबार दुवै पक्षले पेस गरेका कारवाहीको वैधानिकता पुष्टि नहुने ठहर गरेको छ ।

    दुवै जनाले एक अर्काकालाई पार्टीबाट निष्कासन गरेको पत्र सोमबार निर्वाचन आयोगमा दर्ता गराएका थिए। मंगलबार बसेको आयोगले बैठकले दुुवै पत्र एक साथ खारेज गरेर पुनः पक्रिया पुर्याएर आउन पत्राचार गर्ने निर्णय गरेको हो।

    प्रवक्ता राजकुमार श्रेडठका अनुसार यादवलाई राजनीतिक दल सम्बन्धी नियमावली २०७४ अनुसूची १८ बमोजिमको हेरफेर गर्न नियम २५ बमोजिमको प्रक्रिया पुरा गरेर आउन भनिएको छ भने ठाकुरलाई त्यसका साथै केन्द्रिय सदस्यको हस्ताक्षर समेत समावेश गर्न भनिएको छ।

    उक्त दुवै पत्रमाथि सुनुवाइ गर्दै आयोगले मंगलबार खारेज गरेको हो। यादवले आयोगलाई पठाएको पत्रमा ५१ सदस्यीय कार्यकारिणी परिषदका बहुमत सदस्यको हस्ताक्षर पनि सँगै बुझाएका थिए भने ठाकुरले कारबाही गरिएको जनाउँदै अध्यावधिकका लागि मात्रै पत्र पठाएको आयोगले जनाएको छ।

    पार्टीमा मतभेद बढ्दै जाँदा जसपामा एकले अर्कोलाई निष्कासन गर्ने होडबाजी नै चलेको छ। यादवले सोमबार ठाकुरसहित नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ सुक्ललाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी निष्कासन गरेर आयोगलाई जानकारी गराएका थिए।

    लगत्तै ठाकुरले पनि यादवलाई निष्कासन गरेर आयोगमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम दलको विवरण अध्यावधिक गर्न पत्र पठाएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images