images
images
  • आज बस्ने भनेको एमाले स्थायी कमिटी बैठक स्थगित


    काठमाडौं । आज बस्ने तय भएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

    नेताहरुको व्यस्तता र पार्टी एकताको लागि भइरहेका पहल निष्कर्षमा पुग्ने क्रममा रहेकाले बैठक भोलि अपरान्ह ४ बजे बस्ने गरि स्थगित भएको एमालेले जनाएको छ ।

    मंगलबार बसेको स्थायी कमिटी बैठकले माधव नेपाल पक्षका केही नेताहरु बाहेक अन्यलाई सम्मानजनक रुपमा पार्टी एकता प्रक्रियामा सामेल गर्नेबारे छलफल भएको थियो ।

    नेपाल,भीम रावल लगाायतका नेताहरु भने एमालेमा नफर्किने निष्कर्ष एमाले नेताहरुको छ ।

    एकताका लागि वार्तामा रहेका नेताहरुलाई माधव नेपाल पक्षबाटै दबाब बढेपछि आज ठोस प्रगति नभएकाले बैठक भोलिसम्मलाई स्थगित गरिएको स्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images